अध्यादेश बजेटलाई तीन प्रतिशत मात्रै परिमार्जन गरिएको होः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अधयादेमार्फत आएको बजेटलाई सामान्य परिमार्जन गरेर निरन्तरता दिएको बताएका छन् । संसदमा विनियोजन विधेयक २०७८ माथि सुरु भएको छलफलमा कोही पनि सांसदले छलफलमा भाग लिएनन् । तर, सांसद प्रेम सुवालले भने विनियोजन विधेयकमा फरक मत राखेका थिए ।

जसको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश बजेटमा ३ प्रतिशत मात्रै चलाएको बताए । बजेट प्रतिस्थापन विधेयकमा ‘सरकारको साझा न्यूनतम कार्यक्रम र प्राथमिकता समावेश गरेको हो,’ अर्थमन्त्री शर्माले भने, ‘अध्यादेश बजेटमा केही परिमार्जन गरेर निरन्तरता दिएको हो, राजश्व नीतिले मुलभूत रुपमा निरन्तरता दिँदै आन्तरिक उत्पादन प्रवद्र्धनमा थप गर्न सहुलियत दिइएकोछ ।’



उनले कृषि क्षेत्रको विकासको लागि बिमाको प्रिमियम अनुदान बढाउन, सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने जस्ता कार्यक्रम नयाँ सरकारले समावेश गरेको बताए । संसद् बैठक अहिले जारी छ ।

सम्बन्धित समाचार