को हुन् मेयरमाथि मुक्का प्रहार गर्ने व्यक्ति ?

बुटवलस्थित ज्योतिनगरको पहिरो अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका मेयरमाथि आक्रमण भएको छ । मेयर शिवराज सुवेदीमाथि स्थानीय एक युवाले आक्रमण गरेका हुन् ।

चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई एक युवाले एक्कासी मुक्का प्रहार गरेका थिए । पहिरो पीडितलाई सरकारले केही नगरेको भन्दै उनले मुक्का हानेका हुन् ।



मुक्का हान्ने व्यक्तिलाई प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् ।

सम्बन्धित समाचार