सभामुखको विषयमा यसो भने खगराज अधिकारीले

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले पोखरा महानगरपालिका–३१ को वृहत कार्यकर्ता भेलामा उहाँले सभामुख कुनै दल विशेषको नेता जस्तो बनेर संसदमा पक्षपाती व्यवहार गर्न नहुने बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट कम्युनिष्ट पार्टीमाथि गम्भीर आक्रमण सुरु भएको बताउँदै नेता अधिकारीले नेपालमा राजनीतिक स्थिरता आयो भने विदेशीले खेल्न नपाउने पनि स्पष्ट गरे ।



एमालेले सभामुखले निश्पक्ष कार्य नगरेको भन्दै लगातार रुपमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा विरोध जनाउदै आएको छ ।

सम्बन्धित समाचार