ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन हेर्दाेहर्दैमा राखिएको छ । रिटमाथि आज(सोमबार) सुनुवाइका लागि पेसी तोकिएको थियो ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको उक्त रिटमा सुनुवाइ नसिकएपछि हेर्दाेहर्दैमा राखिएको हो । यसको सुनुवाई मंगलबार हुनेछ । एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।



पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ । यसअघिको सुनुवाइमा सर्वोच्च अदालतले दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो ।

एमाले अध्यक्षको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले विपक्षीलाई झिकाउने आदेश गरेका थिए । सर्वोच्चले भदौ २८ मा दुवै पक्षलाई बोलाएको थियो । तर, भदौ २८ गते न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो । यही विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।

सम्बन्धित समाचार