यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य बदली र बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ।



बुधवार देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ । विहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ।

सम्बन्धित समाचार