दुई प्रदेशको मुख्यमन्त्रीमा माधव नेपालले गरे दाबी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री आफ्नै दलले पाउनुपर्ने दाबी गरेका छन् । अध्यक्ष नेपालले दुईवटा प्रदेशमा छिटै एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।

नेपालले उक्त दुई प्रदेशमा दसैं अगाडि नै नयाँ सरकार गठन गर्ने दाबी गरेका हुन् । वागमती प्रदेशकी मुख्यमन्त्री अष्ठलक्षी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । उनीहरुको पद दसैं अगाडि नै गुम्ने निश्चित छ ।



पेसागत महासङ्घका उपाध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रेमल खनालले तत्कालै दुईवटा प्रदेशमा नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा सरकार बन्न लागेको नेता नेपालले बताएको जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पार्टीको प्रभावकारी उपस्थिति रहेको दाबी गरे ।

सम्बन्धित समाचार