माधव नेपालसहित १४ सांसदविरुद्ध मुद्दाको सुनुवाइ आज सकिँदै, के आउला आदेश ?

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिटको सुनुवाइ आज पनि हुने भएको छ।

सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ। उक्त मुद्दामा अन्तरिम आदेश जारी भएमा माधवकुमार नेपालसहित १४ सांसदले प्रतिनिधि सभामा भाग लिन नपाउने पनि हुन सक्छ। त्यस्तै सभामुख अग्निप्रसाद सापकोटामाथि पनि प्रश्न उठ्नेछ भने एकीकृत समाजवादीको वैधानिकतामाथि पनि प्रश्न उठ्नेछ।



सोमबार निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरे पनि निवेदक एमाले अध्यक्ष ओलीको जवाफ बाँकी रहेकाले मुद्दा हेर्दा हेर्दैमा राखिएको हो। बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको जिकिर गरेका थिए।

सम्बन्धित समाचार