एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक, २०७८’ पारित भएको हो ।

राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका थिए । प्रतिनिधिसभाको सोमबारको बैठकले सो विधेयकलाई पारित गरी राष्ट्रियसभामा पठाएको हो । विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ ।



राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो विधेयक कार्यान्वयनमा आउनेछ । त्यसअघि नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशले लोकन्त्रलाई कमजोर बनाएको आरोप लगाएका थिए । उनले बाढीपहिरो एवं प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध नगराएकामा आपत्ति प्रकट गरे ।

सम्बन्धित समाचार