नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असाेज ।

सरकारले केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा नियुक्त गरेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारको राजदूत फिर्ता बोलाउने निर्णयसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनेछन्।
यस्तै बैठकले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ।
कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए।

