टिकटक बनाउने क्रममा सेती नदीमा खसेकी युवतीको शव फेला

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मंगलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ। टिकटक बनाउने क्रममा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन्।

१९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

युवतीको शव आफन्तले पहिचान गरेका छन्। ‘शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ,’ प्रनाउ तिमिल्सिनाले भने। विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन्। त्यसक्रममा साथीहरुले उनको भिडिओ खिचेका थिए। भिडिओमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो। घटना आतमाहत्या हो या अन्य भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार