अन्य मन्त्री फाइनल गर्न देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। आसन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न उनले आजका लागि बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ बजे सभापति निवास बूढानीलकण्ठमा बस्दै छ। बैठकमा मन्त्रिपरिषद् विस्तार र महाधिवेशनका विषयमा छलफल हुने देउवाको सचिावालयले जनाएको छ।



मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो। देउवा नेतृत्वमा सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सर्वत्र आलोचना भइरहेको छ।

सत्ता गठबन्धनको हिजोको बैठकले काँग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । साथै दलहरुले केही मन्त्रीमा सहमति जुटाएर आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भैरहेको बताइन्छ ।

सम्बन्धित समाचार