कियाले सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक गर्दै

कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गर्दा २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिन्छ । स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड एउटा हरित विकल्प भएको कम्पनीको दाबी छ ।



२०२१ किया सोरेन्टोको बाहिरी आवरण ज्यादै चित्ताकर्षक छ । इन्टेरियर पनि मोहक छ । अघिल्लो भागमा फराकिलो र बृहत् ग्रिलसँग एलइडी लाइटको संयोजन छ ।

नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । नेपालमा किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार