राष्ट्रपति भण्डारीद्वारा खड्कालाई मन्त्रीमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । आज (बुधबार) प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी भएको पत्रमा उल्लेख छ । खड्कालाई राष्ट्रपतिले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।



राष्ट्रपति कार्यालयमा खड्काको शपथ अपरान्ह १ बजे हुने बताइएको छ । परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा .खड्कालाई नियुक्त गरेका हुन् । नेपाली कांग्रेसको विदेश विभाग प्रमुख रहेका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी भएको पत्र

राष्ट्रपति कार्यालयबाट जारी भएको पत्र

सम्बन्धित समाचार