परराष्ट्रमन्त्री खड्काद्वारा पद तथा गोपनीयताको शपथ

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । खड्कालाई राष्ट्रपतिले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेकी थिइन् । त्यस्तै मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ । सत्ता गठबन्धनले मंगलबार बेलुकी परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।



पदभार ग्रहण गरेपछि आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसको विदेश विभाग प्रमुख रहेका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार