आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १३ हजार ९३० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ६७ पीसीआर परीक्षणमा एक हजार २५१ जना र दुई हजार ८६३ एन्टिजेन परीक्षणमा २२७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ६३० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ५५ हजार ६३० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ । जसमा १९ हजार ८०५ जना होम आइसोलेसनमा छन् भने १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३३४ संक्रमित आईसीयूमा र ११९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८७ हजार ८२८ र एन्टिजेन विधिबाट ८९ हजार ६०९ जना पुगेको छ ।

सम्बन्धित समाचार