कांग्रेस निर्वाचनको तालिका हेरफेर, बैठकमै देउवा र पौडेलबीच चर्काचर्की

नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिकामा हेरफेर गरेको छ । बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पौडेलले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुनेछन् । असोज ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र ९ गते नै तोकिएका ठाउँमा गाउँ तथा नगर अधिवेशन गर्न सकिने कांग्रेसको निर्णय छ ।

बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवाले बीचमै बैठक छाडेका छन् ।

सम्बन्धित समाचार