सत्तारुढ गठबन्धनको बैठक सकियो, के भयो सहमति ?

मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको बैठकमा भोलि मन्त्रीपरिषद् विस्तार गर्ने समझदारी बनेको बताइन्छ ।

बैठकमा सहभागी एक नेताले आजको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएपनि कुन दलका कति मन्त्री थप्ने भन्ने विषयमा सहमति जुटेको छैन । भोलि पुनः बैठक बस्ने र मन्त्रीको नाम फाइनल गर्ने शर्षि नेताहरुको तयारी छ ।

सम्भव भएसम्म भोलि नै मन्त्रिपरिषद् विस्तार गर्नेमा शीर्ष नेताहरु सहमत भएका छन् । गठबन्धनले दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउने भएसँगै जसपाले पनि भोलि केही मन्त्रीको नाम देउवालाई दिने भएको छ ।

सम्बन्धित समाचार