बाइडेनको निम्तोमा मोदी पुगे अमेरिका, राष्ट्रसंघको महासभामा भाग लिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वासिङ्टन पुगेका छन्। बुधबार भारतबाट त्यसतर्फ प्रस्थान गरेका उनी विहीवार वासिङ्टन पुगेका हुन् । उनलाई त्यहाँ भारतीय डायस्पोराका समुदायले स्वागत गरेका छन्। कोभिड-१९ महामारीपछि मोदीको यो पहिलो विदेश भ्रमण भएको बताइएको छ।

मोदीसँगै अमेरिकामा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव हर्षबन्धन स्रिंगलासमेत रहेका छन्। अमेरिका, अष्ट्रेलिया, जापान र भारतले एसिया प्रशान्त क्षेत्रमा सुरक्षासहित अन्य विषयमा सहकार्य गर्न क्वाड्रिलेटरल सेक्युरिटी भनिने डायलग बनाएको छ। यही बैठकमा सहभागी हुन मोदीलाई अमेरिकी राष्ट्र पति जो बाइडेनले निम्तो पठाएका थिए।



ह्वाइट हाउसमा हुने कार्यक्रममा अष्ट्रेलियाका प्रधानमन्त्री, जापानका प्रधानमन्त्री पनि पुग्नेछन्। त्यसपछि मोदी न्युयोर्कमा हुने राष्ट्रसंघको महासभामा भाग लिन त्यसतर्फ जाने कार्यक्रम रहेको बताइएको छ।

 

सम्बन्धित समाचार