मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। आज अपरान्ह तीन बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस नेता गोपालमान श्रेष्ठले जानकारी दिए। आजको बैठकले सरकारमा जाने मन्त्रीको नाम फाइनल गर्ने बताइएको छ ।

यस अघि पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री नियुक्त गर्दा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो।



हिजो बसेको बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा केन्द्रित रहेको थियो। दशैंअघि गाउँरनगर अधिवेशन मात्रै सक्ने गरि कार्यतालिका पुनः संशोधन गर्ने निर्णय भएको छ।

सम्बन्धित समाचार