नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार) ५०० रुपैयाँले ओरालो लागेको लागेको छ । बुधबार ९०० रुपैया बढ्दै रु ९० हजार १०० मा कारोवार भएको सुनको मूल्य आज तोलामा रु ८९ हजार ६०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन बुधबार रु ८९ हजार ६५० कारोवार भएकोमा आजका लागि भने रु ८९ हजार १५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य बुधबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै तोलाको रु १ हजार १५५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ । तोलामा शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर सुन रु ८९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।