नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो २ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । त्यस्तै आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् ।
एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ । सभामुखले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदबारे सुचना टाँस नगरेसम्म संसद अवरुद्ध पार्ने एमालेले बताउँदै आएको छ ।
भिडियो –
भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल

