आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार २४३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ जना र तीन हजार ६१४ एन्टिजेन परीक्षणमा २९८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ३२४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ५६ हजार ९५४ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमा १९ हजार ४३७ जना होम आइसोलेसनमा छन् भने १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३४० संक्रमित आईसीयूमा र ११९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८८ हजार ७६९ र एन्टिजेन विधिबाट ८९ हजार ९०७ जना पुगेको छ ।

 

सम्बन्धित समाचार