एकीकृत समाजवादीमा पनि अटाएनन् वामदेव गाैतम

नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएका वामदेव गौतम नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा पनि अटाएका छैनन् । पार्टीले आज पदाधिकारी टुंगो लागाउँदा पनि गौतम कतै देखिएनन्। पुरानो पार्टी छाडिसकेको र नयाँ पार्टीमा पनि नजोडिएको स्थितिमा आगामी दिनमा वामदेव राजनीतिबाट निस्क्रिय हुने देखिन्छ ।

अहिले एमाले छाडिसकेकाले त्यहाँ नफर्किने र एकीकृत समाजवादीमा पनि नजाने मनस्थितिमा रहेको उनी निकट एक नेताले बताए। एमालेमै हुँदा गौतमको पक्षमा १६ केन्द्रीय सदस्य र ८ भन्दा बढी संघीय सांसद थिए। प्रदेश र स्थानीय तहमा पनि उनी पक्षका उल्लेखनीय जनप्रतिनिधि थिए।

उनको पक्षमा मरिमेट्ने समूह थियो। तर, नेकपा विभाजनसँगै उनमा देखिएको अलमलका कारण धेरैले उनको साथ छाडे। कतिपय केपी शर्मा ओलीतिर लागे भने कतिपय माधवकुमार नेपालतिर लागे। उनी भने सेनाविहीन कमाण्डर जस्तै हुन पुगेका छन्। गौतमलाई अहिले केन्द्रीय सदस्य हरि पराजुलीले मात्रै साथ छ।

सम्बन्धित समाचार