२०६४ मा गर्नु नगर्नु सबै गरेर पो जितियो, अबको चुनावमा त्यसै गर्नुपर्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा २०६४ सालकै जस्तो गरी जित्नुपर्ने भएकाले सोहीअनुसार तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । काभ्रेको पाँचखालमा आयोजित वाइसिएल भेलालाई सम्बोधन गदै प्रचण्डले शान्तिपूर्ण भन्दै अर्को पक्षलाई लेखेट्नुपर्ने बताए ।

उनले अर्को पक्षलाई गुण्डाको संज्ञा दिँदै गुण्डाले जालझेल गरेर चुनाव जित्ने भएकाले अब आफूहरु पनि सोहीअनुसार चल्नुपर्ने बताए । प्रचण्डले भने– बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्न खोज्नेलाई भ्याकुर लखेटेझैं लखेट्नुपर्छ । हामीले त्यो बेला कति गरेका थियौं ? तपाईहरुले कति गर्नुभयो २०६४ मा । गर्नुपर्ने पनि गरियो, नगर्नु पनि गरियो र पो जितियो ।

प्रचण्डले अब वाइसिएले सिधा बनेर बस्न नहुने बताए । सिधा बन्दा सबैले हेपेको भन्दै उनले आक्रमक भएर निर्वाचनको तयारीमा लाग्न वाइसीएललाई निर्देशन दिए ।

सम्बन्धित समाचार