समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी डा. गोविन्द केसीको प्रदर्शन

विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोविन्द केसीले सहभागिता जनाएका छन् । गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउसो १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा डा केसीले सहभागिता जनाएका हुन् ।

त्यहाँ उनलाई साथ र समर्थन गर्न आएका नेपाली समुदायले विभिन्न नारा लेखेका सामग्रीहरू प्रदर्शन समेत गरेका छन् ।विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको छ । डा केसी अझ अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।



यसै सिलसिलामा डा प्रा केसीले पेनसेलभेनियामा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् । डा केसी नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमको लागी क्यालिफोर्निया तथा टेक्सस जानेछन् । प्रा डा केसीले देशव्यापी भन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले आफूले उठान गरेका मुद्दाहरू नेपालमा मात्र हैन विश्वव्यापी मञ्चमा उठाउनु दायित्व ठानी त्यसलाई मूर्तरूप दिन अमेरिका आएको बताएका छन् ।

 

सम्बन्धित समाचार