राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज राष्ट्रिय सभा बैठक बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुने कार्यसूची तय भएको छ।यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन्।

विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइनेछ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउनेछ।



त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुण विधेयकलगायत विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि अवरोध गर्ने उस्को तयारी रहेको छ ।

सम्बन्धित समाचार