नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित प्रतिनिधिसभा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भट्टराईले संसद् अवरुद्ध गरेकोमा आक्रोश पोखेका हुन् ।
भट्टराईले लोकतन्त्रको हुर्मत लिँदा इतिहासको कठघरामा सबै नाँगै उभिनेपनि बताए । निर्वाचित प्रतिनिधिसभा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो हुनुपर्नेमा दलीय/गुटीय/निजी अहम् र कुण्ठा पोख्ने थलो हुनु दु:खद रहेको भट्टराईले टिप्पणी गरे ।
भट्टराईले ट्विटरमा लेखेका छन्–‘निर्वाचित प्रतिनिधिसभा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो हुनुपर्नेमा दलीय/गुटीय/निजी अहम् र कुण्ठा पोख्ने थलो हुनु दु:खद छ। झन् हिजोका क्रान्ति र आन्दोलनका सहयात्रीहरूबाटै यसको हुर्मत लिइनु विडम्वनापूर्ण छ। नभुलौं-लोकतन्त्रको हुर्मत लिँदा इतिहासको कठघरामा हामी सबै नांगै उभिनेछौं !”
भट्टराईको ट्विट :

