कांग्रेस काठमाडौको पालिका अधिवेशन असोज १६ लाई सर्‍यो

काठमाडौं जिल्लामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबारका लागि तोकिएको ११ वटा पालिकाको अधिवेशन सरेको छ। जिल्ला निर्वाचन समितिले जिल्ला कार्यसमितिसँगको सहमतिमा अधिवेशनको मिति सारेको हो।

कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बाँनियाका अनुसार २ वडामा अधिवेशन हुन नसकेको र एउटा वडामा मतदान नटुंगिएकाले अधिवेशन सारिएको जानकारी दिए। उनले जिल्ला निर्वाचन समितिले सहमतिमा नै असोज १६ मा पालिका अधिवेशनको नयाँ मिति तय गरेको जानकारी दिए।

काठमाडौं महानगरपालिका–३२ मा मतदान नसकिएको र कागेश्वरी मनहरा नगरपालिका–५ र दक्षिणकाली नगरपालिका–२० मा मतदान अधिकृतले समन्वय नगर्दा निर्वाचन हुन सकेको छैन । निर्वाचन समितिले सहमतिमै १६ गतेका लागि नयाँ अधिवेशनको मिति तय गरेको हो।

विवाद नभएका जिल्लाहरुमा भोलि नै काँग्रेसको पालिका अधिवेशन हुने भएको छ । केही हिमाली जिल्लाले भने निर्वाचन समितिको निर्देशनबमोजिम निर्वाचन मिति हेरफेर गरेका छन् ।

सम्बन्धित समाचार