५५ जिल्लामा कांग्रेसको पालिका अधिवेशन सकियो, यी ९ जिल्लामा हुन सकेन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भएको छ । वडाधिवेशन सम्पन्न गरेका ६४ जिल्लामध्ये शनिबार ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले उत्साहपूर्वक पालिका स्तरको अधिवेशन सम्पन्न भएको जानकारी दिए । संयोजक यादवका अनुसार शनिबार विभिन्न नौ वटा जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न हुन सकेन । निर्वाचन सम्पन्न हुन नसकेका जिल्लामा जुम्ला, नवलपुर, गुल्मी, बर्दिया, ललितपुर, काठमाडौँ, मोरङ, सोलुखुम्बु र सिन्धुपाल्चोक रहेका छन् । निर्वाचन समितिका अनुसार जुम्लामा आइतबार र नवलपुर, गुल्मी, बर्दिया र ललितपुरमा आगामी सोमबार पालिका स्तरको निर्वाचन हुनेछ ।



काठमाडौंमा असोज १६ गतेका लागि तय गरिएको छ । बाँकी तीन जिल्लाको मिति तय भएको छैन ।

यसैबीच नेपाली कांग्रेसले हालसम्म ७० जिल्लामा क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । शनिबार थप ५ जिल्लाको सदस्यता विवाद टुंगिएसँगै यो संख्या ७० पुगेको हो ।

सम्बन्धित समाचार