लोसपा प्रदेश-२ संसदीय दलको पहिलो बैठक बस्दै, ठाकुर र महतोको पनि सहभागी हुने

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रदेश २ संसदीय दलको पहिलो बैठक आज बस्दै छ। जनकपुरधाममा दिउँसो २ बजे बस्ने लोसपा संसदीय दलको बैठकले दलका नेता चयन गर्ने तयारी छ।

दलको नेता चयन गर्न लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो केहि दिनदेखि जनकपुर मै छन् भने केन्द्रीय अध्यक्ष महन्थ ठाकुर पनि शनिबार जनकपुरधाम आएका छन्। अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको विशेष उपस्थितीमा पहिलो संसदीय दलको बैठक हुने भएको छ।



आज हुने बैठकमा दलको नेता चयन, प्रदेश सरकारबाट समर्थन फिर्ता लिने वा नलिने र समसामयिक विषयमा छलफल हुने नेता परमेश्‍वर साहले जनाए। जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भएर गठन भएको लोसपाको प्रदेश २ मा १६ सांसद छन्। प्रदेशसभा सचिवालयमा तेश्रो दलको हैसियतामा लोसपा रहेको छ ।

संसदीय दलको नेतृत्वको लागि जितेन्द्र सोनल, सरिता साह र उपेन्द्र महतोले दाबी गर्दै आएका छन्।

सम्बन्धित समाचार