कक्षा १२ को परीक्षा दिएपछि यसो भनिन् करिश्माले

नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षाको दिएकी छिन् । सामाजिक कार्य र व्यापार व्यवसायमा पनि सक्रिय हुँदै आएकी करिश्मा परीक्षाको लागि भनेर सबै काम छोडेर परीक्षाको लागि लागिपरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कक्षा १२ को परीक्षा सकिएको जानकारी दिएकी हुन् । उनले कक्षा १२ लाई ‘गुड बाइ’ भन्दै ब्याचलरमा भेट्ने बाचा गरेकी छन् । परीक्षाको समय उनले आफ्नो व्यवसायको जिम्मेवारी आफ्नी छोरी कवितालाइ दिएकी थिइन् भने फिल्म, घरको काम उनको श्रीमान विनोदले समालिरहेका थिए । परीक्षाको तयारी गर्नुपरेको हुनाले आफूले यस्तो गरेको करिश्माले बताएकी थिइन् ।



परीक्षा नसकिएसम्म बाहिरको कुनैपनि कार्य नगर्ने बताएकी करिश्माले अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानको व्यवसाय नेपालमा सुरु गरेकी थिइन् । अभिनय, व्यवसायलगायत विभिन्न काममा ब्यस्त करिश्माले परीक्षा सकिएपछि सबै कामहरु अगाडि बढाउनेछिन् । १४ वर्षको उमेरमा फिल्म ‘सन्तान’ बाट अभिनयमा डेब्यु गरेकी करिश्मा सो समय ८ कक्षामा पढ्दै थिइन् ।

किटनी कलेजमा अध्ययनरत करिश्माको परिक्षा सेन्टर पनि सोही कलेजमै रहेको थियो । करिश्माको लक्ष्य भने आफ्नो नामको अगाडि डाक्टर लेखाउनु रहेको छ । कोभिड–१९ महामारीका कारण स्थगित भएको कक्षा १२ को परिक्षा यही भदौ ३० गतेदेखि सुरु भएको थियो ।

सम्बन्धित समाचार