आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

९ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १३ हजार ७३६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ५८९ पीसीआर परीक्षणमा ७३० जना र पाँच हजार १४७ एन्टिजेन परीक्षणमा १०४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार २७९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ६१ हजार १५४ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ । जसमा १७ हजार ८१३ जना होम आइसोलेसनमा छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३६८ संक्रमित आईसीयूमा र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट ९० हजार ५४७ जना पुगेको छ ।

सम्बन्धित समाचार