नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।

ककनी गाउँपालिकामा भएको नेपाली कांग्रेसको पालिकास्तरीय १४औं अधिवेशन यही असोज ९ गते सम्पन्न भएको छ । अधिवेशनमा भाग्यश्री लामाको प्यानल भारी मतले विजयी भएको छ ।
अशोक लामा सुपोल र भाग्यश्री लामाको प्यानलबीच प्रतिष्पर्धा हुँदा केसी समर्थित लामाको गुट विजयी भएको हो । नुवाकोट जिल्लामा नेपाली कांग्रेसका केसी गुट र महत गुटका बीच लामो समयदेखि प्रतिस्पर्धा रहिआएको छ र यसपालीको ककनी गाउँपालिको चुनावमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको देखियो ।
मतदान हुँदा जम्मा १ सय सैंतिस मत खसेकोमा ८० मत प्राप्त गरी लामा विजय हुँदा प्रतिद्वन्द्वी अशोक तामाङ सुपोलले ५७ मत प्राप्त गरेका थिए ।

