अझै बाहिरिएन मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?

आज देशभर मौसम बदली हुने छ । देशभर मौसम बदली हुँदा धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दियो ।

महाशाखाका अनुसार तराई क्षेत्रमा भन्दा पनि पहाड र हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ । बिहानभन्दा पनि अपराह्न पछि वर्षाको सम्भावना रहेको छ । आज राति पनि वर्षा हुने महाशाखाको भनाइ छ । विशेष मनसुन भने सकिने क्रम सुरु भएको छ ।



काठमाडौं उपत्यकामा पनि बिहान र मध्याह्न केही घाम लागे पनि अपराह्नपछि भने वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

सम्बन्धित समाचार