आन्तरिक विवादले लोसपा संसदीय दलको पहिलो बैठक नै स्थगित

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश-२ संसदीय दलको पहिलो बैठक स्थगित भएको छ । दलका नेता छान्नका लागि आज दिउँसो २ बजे जनकपुरस्थित सिटी स्टार होटलमा बैठक बस्ने भनिएको थियो । लोसपा अध्यक्ष महन्थ ठाकुर, बरिष्ट नेता राजेन्द्र महतो र प्रदेश साँसदहरु दिउँसो करिब ५ बजे सिटी स्टार होटल पुगेका थिए ।

होटलमा पुगेरका नेताहरुले दलको नेता कसलाई बनाउने कुरामा आन्तरिक सहमती जुटाउन सकेनन् । त्यसपछि बैठक स्थगित गरिएको हो । आन्तरिक तयारी नपुगेकाले बैठक स्थगित गर्नुपरेको एक साँसदले बताए ।



सांसद एवं प्रदेश २ का पूर्वमन्त्री जितेन्द्र सोनललाई दलका नेता बनाउने सम्भावना बलियो छ । यद्दपी लोसपा बरिष्ट नेता महतोका भतिजा नातामा पर्ने सांसद उपेन्द्र महतोले पनि दलका नेतामा दावी गरेपछि सहमती जुटाउन समस्या भएको स्रोतले जनाएको छ ।

त्यसो त लोसपाको केन्द्रमा पनि संसदीय दलको नेताका बारेमा विवाद छ । राजेन्द्र महतोले दलको नेतामा दाबी गरेपछि ठाकुर सकसमा परेका छन् ।

सम्बन्धित समाचार