आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

७ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ४८८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १२ हजार ८१ पीसीआर परीक्षणमा ९७५ जना र तीन हजार ४०७ एन्टिजेन परीक्षणमा ३०७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार २६२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ६२ हजार ४१६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ । जसमा १७ हजार ५३५ जना होम आइसोलेसनमा छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३८५ संक्रमित आईसीयूमा र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९२ हजार ३६७ र एन्टिजेन विधिबाट ९० हजार ८५४ जना पुगेको छ ।

सम्बन्धित समाचार