नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असाेज ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश कमिटीमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। १० बुँदे सहमति कार्यान्यनका विषयमा छलफल गर्न आज बसेको स्थायी कमिटीको बैठकले विवाद मिलाउने जिम्मा ओलीलाई दिएको हो।
एमाले इन्चार्ज छाड्नेलाई त्योभन्दा पनि उच्च पदको जिम्मेवारी दिएर मिलाउने प्रयास भइरहेको बताइएको छ । उच्चस्तरीय कार्यदलको पहलमा सुदूरपश्चिममा देखिएको विवाद अध्यक्ष ओलीले मिलाउने उनको भनाइ छ।
पार्टीमा १० बुँदे सहमति सबै जिल्लामा समेत भइरहेको दाबी गरे। ओलीले बैठकमा सहमति तल्लो तहसम्म कार्यान्वयन भइसकेको र सुदूरपश्चिममा देखिएको समस्या पनि विधान महाधिवेशनअगावै टुंग्याउने बताएका थिए ।

