राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश खारेज, मन्त्रिमण्डललाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी

सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गठबन्धनका दलहरु पुन: विभाजन हुने खतरा बढेपछि अध्यादेश खारेज गरिएको हो ।



राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद्को मिति २०७८-६-११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ ।’

यससँगै सत्ता गठबन्भ मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेको छ । प्रधानमन्त्री देउवाले आज भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन् ।

सम्बन्धित समाचार