एकीकृत समाजवादी विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने, को-को बन्दैछन् मन्त्री ?

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिद्लाई पूर्णता दिने तयारीमा जुटेका छन् । गठबन्धनमा सहभागी दलहरु सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन व्यस्थ छ । यसैक्रममा नेकपा (एकीकृत समाजवादी)ले पनि सरकारमा जाने नेताहरुको नाम टुंगो लगाएको बताइन्छ ।

एकीकृत समाजवादीका एक नेताले अध्यक्ष माधव नेपालले सांसदहरूसँग छलफलपछि मन्त्रीको नाम टुंगो लगाइसकेको बताएका छन् । एकीकृत समाजवादी विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने बताइएको छ ।



खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री बन्ने समाजवादीनिकट स्रोतले बतायो । पार्टीले पदाधिकारीमा ठाउँ नपाएका नेताहरुलाई सरकारमा जाने अवसर दिएको छ । पार्टीले ५ मन्त्री, एक राज्यमन्त्री र उपसभामुख पाउने भएको छ ।

त्यसैगरी, सरला यादवलाई उपसभामुख बनाउनेबारेमा छलफल अगाडि बढेको छ । अहिले मन्त्रीका लागि सिफारिसमा नपरेका केही सांसदलाई भने संसदीय समितिको सभापति बनाउनेबारेमा एकीकृत समाजवादीमा छलफल भइरहेको छ ।

सम्बन्धित समाचार