३८ क्विन्टल सुन तस्करी काण्ड : गोरेविरुद्ध प्रमाण नपुग्ने डर

झन्डै ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ। अन्तिम सुनुवाइका क्रममा रहेको यो मुद्दामा सोमबार सरकारी वकिलको बहस सकिएको छ भने प्रतिरक्षा बहस सुरु भएको छ। सरकारी पक्षको बहस सकिएपछि प्रतिवादी पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाका तर्फबाट अधिवक्ता भानुभक्त निरौलाले बहस सुरु गरेका हुन्। विपक्षी बहसले आज पनि निरन्तरता पाउनेछ। प्रतिवादीका तर्फबाट ८० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्नेछन्।

सरकारी टोलीबाट उच्च सरकारी वकिल कार्यालय विराटनगर सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले बहस गरेका थिए। सोमबार बहसका क्रममा सरकार पक्षका वकिलहरूले सुन तस्करी र हत्यामा प्रतिवादीहरूको संलग्नता रहेको दाबी प्रस्तुत गरेका थिए। तर, घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीले तस्करी गरेको स्पष्ट प्रमाण उनीहरुले दिन सकेका छैनन्।



मुख्य अभियुक्त गोरेले सनमको हत्या गरेको प्रमाण पुग्नेमा सरकारी पक्ष ढुक्क देखिए पनि सुन तस्कर गरेको प्रमाण भने नपुग्ने हो कि भन्ने डर उत्पन्न भएको छ। इजलासले बयानका क्रममा स्वीकार गरेको विषयलाई आधार माने मात्र गोरे दोषी हुने अपेक्षा गरिएको छ। त्यही बयानलाई सरकारी पक्षले सुन तस्करीको मुख्य प्रमाणका रूपमा पेस गर्न खोजेको देखिन्छ।

 

सम्बन्धित समाचार