मन्त्रीको नाम अनुमोदन गराउन प्रचण्डले बोलाए माओवादी केन्द्रको स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले मन्त्रीको नाम अनुमोदन गराउन स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपछि दलहरु मन्त्री छान्न व्यस्थ छन् ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठकमा महाधिवेशन केन्द्रित विषयमा पनि छलफल गरिने छ। सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो। मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नैै संगाठानिक कामबारे छलफल हुनेछ।



सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते स्थानीय तह स्तरीय भेला गर्ने निर्णय गरेको थियो। माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय भने यथावत राखेको छ।

सम्बन्धित समाचार