नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असाेज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले विकसित पछिल्ला घटनाक्रम र सरकारको कदमलाई ‘भ्रष्टरनिर्लज्ज राजनीतिको नमुना’को संज्ञा दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिएसँगै उनले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारले आफ्नो स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको र त्यो पूरा भएपछि फिर्ता गरेको भन्दै उनले आपत्ति जनाएका छन् । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले ट्विटरमा सेयर गरेको अध्यादेश खारेजसम्बन्धी राष्ट्रपतिको कार्यालको विज्ञप्तिमा थापाले प्रतिक्रिया जनाएका हुन् । आज बिहान थापाले ‘यही हो अग्रगमन, संविधानको रक्षा ?’ भन्दै प्रश्न गरेका छन् ।
‘भ्रष्टरनिर्लज्ज राजनीतिको नमुना । परमादेशबाट प्रम नियुक्ति, त्यस्तो प्रमलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद् बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता,’ उनले लेखेका छन्, ‘यही हो अग्रगमन, संविधानको रक्षा ?’

