नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।

राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो भएको बताएका छन् । मंगलबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
संग्रौलाले विधिव्यवस्था त स्वार्थी सनकसिंकाे बालक्रीडा भएको भन्दै टिप्पणी गरेका छन् । उनले पहिले दुई चोइटालाई पार्टीको दर्जा दिन २० प्रतिशतको मापदण्ड बनाइएको भन्दै अहिले त्यही २० प्रतिशतले पार्टी फुट्लान् भन्ने डरले दल विभाजन सम्बन्धी अध्यादेश बदर गरिएको बताएका छन् ।
संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘अध्यादेशकाे धन्दा दुईजिब्रे फटाहाकाे बेतुक बकबकजस्ताे ! पहिले दुई पार्टीका दुई चाेइटालाई पार्टीकाे दर्जा दिन २० प्रतिशतकाे मापदण्ड बनाइयाे। अहिले त्यही २० प्रतिशतले यिनै चाेइटे पार्टी फुट्लान् भन्ने डरले २० प्रतिशतलाई बदर गरियाे ।विधिव्यवस्था त स्वार्थी सनकसिंकाे बालक्रीडा पाे भाे !’
संग्रौलाको ट्विट :

