आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ६७२ पीसीआर परीक्षणमा ९०४ जना र दुई हजार ३३१ एन्टिजेन परीक्षणमा २५४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ३१८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ६३ हजार ७३४ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ । जसमा १७ हजार १२५ जना होम आइसोलेसनमा छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३६४ संक्रमित आईसीयूमा र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट ९१ हजार १०८ जना पुगेको छ ।

सम्बन्धित समाचार