आज देशभर वर्षाको सम्भावना, कहिले बाहिरिन्छ मनसुन ?

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने एक-दुई स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।



यस्तै राति देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।

सम्बन्धित समाचार