नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बुधबार) १०० रुपैयाँले ओरालो लागेको छ । मंगलबार ३०० रुपैया घट्दै रु ८९ हजारमा कारोवार भएको सुनको मूल्य आज तोलामा रु ८८ हजार ९०० मा कारोवार भएको हो ।।
त्यस्तै तेजाबी सुन मंगलबार रु ८८ हजार ५५० कारोवार भएकोमा आजका लागि भने रु ८८ हजार ४५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबारको मूल्य अनुसार तोलाको रु १ हजार १५५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।