आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

८ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ५४१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र तीन हजार ८८९ एन्टिजेन परीक्षणमा २६५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ११३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ६४ हजार ८४७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमा १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् भने १ हजार ३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३५४ संक्रमित आईसीयूमा र ९९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट ९१ हजार ३७३ जना पुगेको छ ।

सम्बन्धित समाचार