आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ७७५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ५५५ पीसीआर परीक्षणमा ८९८ जना र तीन हजार २१० एन्टिजेन परीक्षणमा १८० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ९११ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ । जसमा १६ हजार ८०२ जना होम आइसोलेसनमा छन् भने १ हजार ३६६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३५३ संक्रमित आईसीयूमा र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट ९१ हजार ५५३ जना पुगेको छ ।

सम्बन्धित समाचार