यो हो सबैभन्दा डरलाग्दो बिरालो

अहिले सामाजिक संजालमा विभिन्न जनावरहरु भाइरल भईरहेका छन् । ति जनावरहरु आ-आपनो विशेषताले गर्दा अहिले सामाजिक संजालमा सक्रिय भईरहेका छन् ।

आज हामी एउटा बिरालोको विषयमा कुरा गर्दैछौं, जुन अहिले सोशल मिडियामा निकै चर्चित बनेको छ । झट्ट हेर डरलाग्दो देखिने यो बिरालो स्विटजरल्याण्डको रुटी सहरमा बस्छ । जेरदान नाम रहेको यो बिरालो ६ वर्षको रहेको छ । यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स रहेका छन् ।



लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् तर यो बिरालोको शरीरमा रौं नै छैन । स्यान्ड्रा फिलिप्पी नामकी महिलाले घरमा पालेको आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन् । यस बिरालोको छाला चाउरी परेका छन् जसले गर्दा यो निकै डरलाग्दो रहेको छ । यो बिरालोलाई कतिले एलियनसँग तुलना गरेका छन् भने कतिले बिरालो सुन्दर भएको भन्दै आएका छन् ।

सम्बन्धित समाचार