नवलपरासी पुगेकी पूर्वयुवराज्ञी हिमानी शाहले गरिन् नेतालाई फिक्का बनाउने भाषण

पूर्वयुवराज्ञी हिमानी शाहले देशलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आएको बताएकी छिन्। आज शुक्रवार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एक पटक देश विकासका लागि सोच्ने बेला आएको बताइन् ।

उनले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाको गरिबी निवारण गर्नुपर्ने बताइन् । युवा र महिलालाई गरिबी निवारण गर्नका लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्वयुवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताइन् । उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताइन् ।



पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै देशलाई समृद्ध बनाउनुपर्ने बताइन् ।

सम्बन्धित समाचार